RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

मैले नेपालबाट सिके


डा माइकल एल डेट्राउज

विल गेट्स सूचना प्रविधिको यो संजाललाई गरिब जनताका लागि  आफ्नो उत्पादन बेच्ने, शिक्षित हुने, विश्वबजारमा सहभागी हुने र गरिबीबाट निस्कने अवसरको रुपमा लिन्छन् । यही कुरा म पनि देख्छु तर यसको लागि १५ वर्ष लाग्छ र हामीले सघायौ भनेमात्रै यो संभव हन्छ । यो कुरा मैले नेपालबाट सिकेँ । केही बेर अघि मेरो मनमा यो सोझो कल्पना आयो ः म नेपाल गएर नेपालीहरुकाहाँ कम्प्युटर पु¥याएर, तालिम दिएँ भने त्यहाँको औसत राष्ट्रिय उत्पादन अचानक सैकडा बीस बढाउन सक्छु । तर यहाँ आएपछि मैले के देखे भने सैकडा ३० नेपालीहरुमात्रै शिक्षित छन् । त्यो ३० प्रतिशतमध्ये केवल १० प्रतिशतले अंग्रेजी बोल्न सक्छन् । यदि ती सबैलाई संचार सुविधासहितको कम्प्युटर कसैबाट दिलाउनसकेँ भने पनि उनीहरुले त्यसबाट के गर्लान् ? उनीहरुसँग बेच्नसकिने सीप छैन ।
उनीहरुलाई सीपयुक्त बनाउन मैले उनीहरुलाई शिक्षित बनाउनुपर्नेहुन्छ । मानिसहरु रातारात शिक्षित हुँदैनन् । यस कारण १५ वर्ष लाग्छ । यो तथा अन्य अनुभवहरुबाट के निष्कर्णमा पुगेको छु भने सूचना प्रविधिलाई आफ्नै अवस्थामा छोडिदियौ भने यसको मतलब धनीहरुले झन धेरै कम्प्युटर किन्नेछन्, धेरै उत्पादनशील बन्नेछन् र झन् धनी हुनेछन् । गरिबहरु त्यसो गर्न असमर्थ हुनेछन् । जहाँको त्यही हुनेछन् । जब गरिब र धनीहरुबीच खाडल बढ्छ तब सबैखालका संकटहरु आइलाग्छन् भन्ने कुरा इतिहासले देखाएको छ ।
इन्जिनियर, आविष्कारक, सिद्धान्तकार तथा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका कम्प्युटर साइन्स ल्याबोरेटोरीका डाइरेक्टर
स्रोत  आई लन्र्ट फ्रम नेपाल, क्लाउडिया ड्राइफुस, द काठमाण्डौ पोष्ट, २९ सेप्टेम्बर, १९९९

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog