गर्दी सामुदायिक पुस्तकालयले एक घर एक सदस्य अवधारण अनुरुप आजीवन सदस्यता वितरण गर्दै आइरहेको छ । परिवारको एक जना आजीवन सदस्य बनेको खण्डमा परिवारका सम्पूर्ण सदस्यहरुले पुस्तकालयद्धारा प्रदान गरिने सम्पूर्ण सेवा तथा सुविधाहरु उपयोग गर्न सक्नेछन् । पुस्तकालय प्रयोगकर्ताहरुलाई सरल, सहज र नियमीत बनाउनका निम्ती यो सदस्यता वितरीत गर्दै आइरहेको छ ।
आजीवन सदस्य बन्न आवश्यक कागजातहरु
क) घरमूली अथावा परीवारको कुनै एक सदस्यको नागरीकताको एक प्रति प्रतिलिपी
ख) हालसालै खिचिएको दुइ प्रति पासपोर्ट साइजको फोटो
ग) शुल्क रु १००० (एकपटक मात्र बुझाउनुपर्ने)