RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

About The Library

पृष्ठभूमी


शिक्षा विकासको पूर्वाधार हो ।समुदायको सचेतनाको स्तर वृद्धि गरी समाजबाट निरक्षरताको उनमुलन गर्ने समुदायको दायित्व हो । समाजमा भैरहेको र हुन सक्ने विकृती विसंष्ति हटाउन र परम्परागत घरेलु व्यवसायको संरक्षण र सम्बर्धन एवं व्यावसायिक सीप प्रदान गर्न, शिक्षण प्रशिक्षण, अधययन अध्यापनको वातावरण सृजना गर्नु अत्यन्त जरुरी हुन्छ । केन्द्र स्तरमा विभिन्न व्यवसायिक सिप हासिल गर्ने सरकारी एवं गैरसरकारी संघसंस्था रही रहेर पनि यस क्षेत्रमा सामुदायिक अध्ययन केन्द्रको अभाव खड्की रहेको थियो । यसर्थ यसको अभाव पुर्ती गर्नका निम्ती माडी नगरपालिका ३, बरुवा बजारमा गर्दी सामुदायिक पुस्तकालयको स्थापना गरीको हो । यो नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय अनौपचारीक शिक्षा केन्द्र सानोठिमीको सामुदायिक अध्ययन केन्द्र संचालन एवं व्यवस्थापन निर्देशिकाले राखेका उद्देश्य अनुकुल हुने गरी यो विधान प्रस्ताव गरिएको छ । यो केन्द्र औपचारीक एवं अनौपचारीक शिक्षाका निरन्तरता दिने ९ऋयलतष्लगष्लन भ्मगअबतष्यल ऋभलतभच० र यस क्षेत्रमा रहेका विभिन्न सामुदायिक गैरसरकारी संघसंस्था र समूहहरुको समन्वय कायम गरी संचालन गर्ने बहुआयामिक केन्द्रको रुपमा रहने छ ।
एक घर एक सदस्यको अवधारणा सहित माडीको बरुवा बजारमा स्थापित गर्दी सामुदायिक पुस्तकालय माडीवासीहरुमा पढ्ने संस्कृतिको बिकास गरी शिक्षा, सुचना र ज्ञान प्रवाह गर्ने उद्देश्य सहित स्थापना भएको हो । बरुवाको रामेश्वर शिवमन्दिर परिसर भित्र १० धुर जग्गामा बनेको दुईतले पुस्तकालय बरूवा बजार स्थीत भैरवपूर जाने बाटोमा अवस्थीत छ । पुस्तकालयमा हाल अध्ययन कक्ष, वाल कक्ष, महिला कक्ष, श्रव्य दृष्य कक्ष, सूचना तथा प्रविधि कक्ष, नाट्य कक्ष, युवा तथा खेलकुद कक्ष तथा अनोपचारीक रूपमा संगीत कक्ष रहेका छन् ।
गर्दी गाउँ विकास समितिबाट ३ लाख ४६ हजार, जिल्ला विकास समिति चितवनबाट ९ लाख ५० हजार, संसद विकास कोषमार्फत तात्कालीन सभासद अमिक शेरचनबाट ५० हजार तथा रिड नेपाल नामको दातृसंस्थाबाट करीब ३६ लाख र अन्य सहयोग रकम सहित कुल ५१ लख ५८ हजार रुपैंयाको लगानीमा पुस्तकालयको वर्तमान स्वरुप निर्माण गरिएको हो । पुस्तकालयको लाइब्रेरी सेक्सनमा हाल २ हजार ४ सय, बालबालिका सेक्सनमा ७ सय, युवा तथा महिला सम्बन्धि २ सय पुस्तकहरु संकलित रहेको पुस्तकालयले जनाएको छ ।
२०३३ सालमा पुस्तकालयको अवधारणा आएपछि सुरुमा धार्मिक तथ ऐतिहासिक पुस्तक र पत्रपत्रिकाहरु संंकलन गरी इलाका हुलाक कार्यालय, हरिनगरको कोठाबाट काम सुरु गरिएकोमा २०५२ सालमा पुस्तकालय भवनको शिलान्याश गरिएको थियो । २०६४ सालमा विधिवत रुपमा दर्ता पाएको यस पुस्तकालय २०६७ श्रावण २६ गते उद्घाटन भएसंगै सञ्चालन र व्यवस्थापनका लागि दुईजना कर्मचारी क्रियाशील छन् । पुस्तकालको खर्च व्यवस्थापन र दीगोपनाका लागि व्यवस्थापन समितिले गर्दी–९ कल्याणपुरमा ४ बिगाहा क्षेत्रफलमा माछापालन सुरु गरिने भएको छ भने महिला सहकारीहरुको सञ्चालन गरिएको छ ।

गर्दी सामुदायिक अध्ययन केन्द्रका उद्देश्यहरु

- समुदायका निरक्षर सबैलाई आधारभूत शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने ।
- विकासमूलक विभिन्न प्रकारको सूचनाहरु समुदायलाई उपलब्ध गराउने ।
- समुदायको विकास निमित्त मानविय स्रोतको विकास गर्ने संघसंस्थाको रुपमा काम गर्ने ।
- गाँउका जनता र विकास सम्बन्धी सरकारी र गैर सरकारी संस्थाहरुबीच समन्वयकर्ताको रुपमा काम गर्ने ।
- समुदायको आवश्यकताअनुसारको समूहहरु गठन गरी आयमूलक सीप विकासका कार्यक्रमहरु संचालन गर्ने
- बचत तथा ऋण कार्यक्रम संचालन गर्ने ।
- अध्ययन तथा अनुसन्धानात्मक कार्य गर्ने ।
- कृषि तथा व्यावसायमूलक सिप विकास कार्य गर्ने ।
- स्वस्थ्य तथा वातावरण सम्बन्धी कार्य गर्ने ।
- उन्नत पशु व्यवसाय सम्बन्धी कार्य गर्ने ।

सामुदायिक अध्यन केन्द्रका कार्यक्षेत्रहरु


- साक्षरता कक्षाहरु संचालन गर्ने ।
- निरन्तर शिक्षाका विभिन्न कार्यक्रमहरु जस्तै साक्षरोत्तर शिक्षा, सीपमूलक तालिम आदि कार्यक्रमहरु संचालन गर्ने ।
- समुदायका व्यक्तिहरुको आम्दानी बढाउन आयआर्जन सम्बन्धी कार्यहरु संचालन गर्ने ।
- समुदायको व्यक्तिहरुको आकांक्षा र चाहना अनुरुपका विभिन्न स्वास्थ्य, वातावरण विकास जस्ता जीवनस्तर बढाउने कार्यक्रमहरु संचालन गर्ने ।
- समुदायको विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरु सँग समन्वय गर्ने ।
- विभिन्न सरकारी र गैर सरकारी संस्थहरुबाट प्रकाशित विकासमूलक सूचना प्रवाह गर्ने ।
- विभिन्न जीवनोपयोगी पुस्तकहरु, पुस्तीकाहरु, पत्रपत्रिकाहरु, पोष्टरहरु संकलन, पकाशन, उपयोग गर्न पुस्तकालय संचालन गर्ने ।
- ऐतिहासीक एवं पौराणिक कला संरक्षण सम्बर्धन गर्ने ।
- स्थानीय समुदायिक विद्यालय संचालन जिम्मा एवं सहयोग गर्ने ।
- बचत तथा ऋण कार्यक्रम संचालन गर्ने ।
- कानूनी साक्षरताका कार्यक्रमहरु संचालन गर्ने ।

उर्पयुक्त कामहरुको अतिरिक्त गर्दी सामुदायिक पुस्तकालयले स्थानिय जनताको आवश्यकतामा आधारीत निम्न कामहरु पनि गर्दछ ।
- पत्रपत्रिका र पुस्तकहरु अध्ययन गर्न पुस्तकालय तथा वाचनालयको व्यवस्थ ागर्ने ।
- शैक्षिक रेडियो तथा टि.भी. कार्यक्रम सुनाउने तथा प्रदर्शन गर्ने ।
- प्रर्दशनीहरुको आयोजनागर्ने ।
- स्वास्थ्य सेवा, शिक्षा प्रदान गर्ने ।
- अनुभव आदन प्रदानका लागि स्थलगत भ्रमणको आयोजना गर्ने ।
- उन्नत तरीकाले हाँस, कुखुरा, बंगुर, गाईबस्तु पालन, खेती, सिलाई, बुनाई जस्ता घरेलु उद्योग गरी आम्दानी बढाउने क्रियाकलाप सघाउने ।
- खेलकुद तथा सांस्कृतिक कार्यहरुको आयोजना गर्ने ।
- हाजिरीजवाफ, वाद विवाद प्रतियोगीता जस्ता अतिरिक्त क्रियाकलाप गराउने ।
- समय समयमा विशेषज्ञहरुद्धारा प्रवचनको आयोजना गर्ने ।
- विविध कार्यक्रमहरु संचालन गर्ने । अादी कार्यहरू गर्दी सामुदायिक पुस्तकालयले गर्दछ । पुस्तकालय सम्बन्धी थप जानकारीका लागि हाम्रो यसै वेवसाइटका थप पृष्ठहरू अध्ययन गर्नुहोला ।
 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog