RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

युवाका लागि उपयोगी वेबसाइटहरू


www.rojgari.com
यो वेबसाइट युवाहरूमा रोजगारीको पहुँच विस्तार गर्ने उद्देश्यले युरोपेली युनियन र प्राक्टिकल एक्सनको सहयोगमा सुरु गरिएको हो। यसमा विशेष सीपअनुसारका कामहरू खोजिन्छ। यो वेबसाइटले विभिन्न सीप अनुसारको कामको विवरण राखेर देशभरका स्थानहरूमा उपलब्ध रोजगारीका अवसरका बारेमा जानकारी गराउँछ।

यी वेबसाइटमा विभिन्न संघसंस्थामा खुलेका रोजगारीको अवसरहरूको जानकारी पाउन सकिन्छ ।

यस साथीसँग मनका कुरा वेबसाइटमा युवाहरूलाई लक्षित (प्रजनन स्वास्थ्य, युवा जिज्ञासा आदि) गरेर निर्माण गरिएका रेडियो कार्यक्रम, ब्लग आदि सुन्न र पढ्न सकिन्छ।

वैदेशिक रोजगारीमा जान चाहने युवाहरूलाई आवश्यक पर्ने महत्त्वपूर्ण सूचना तथा जानकारी यो साइटले दिन्छ ।

विदेशमा रहेका नेपाली दूतावास, वाणिज्य दूतावासहरूको ठेगाना, सम्पर्क नम्बरहरू जस्ता महत्त्वपूर्ण जानकारी यस वेबसाइटबाट पाउन सकिन्छ।

प्राविधिक शिक्षा लिई व्यवसाय गर्न चाहने युवाहरूको लागि प्राविधिक शिक्षालय सम्बन्धी जानकारी, सूचनाहरू, परीक्षा तालिका, परीक्षाफल यस वेबसाइट मार्फत् पाउन सकिन्छ।

रोजगारीको लागि आवेदन दिँदा लेख्नु पर्ने निवेदक, व्यक्तिगत विवरण तयारी, अन्तर्वार्ताको लागि उपयोगी सुझावहरू आदिको जानकारी यस वेबसाइटमा पाउन सकिन्छ। यो साइट अंग्रेजी भाषामा उपलब्ध छ ।

www.dopmofa.gov.np/mrp/
पासपोर्ट फरम भर्ने तरिका, प्रिन्ट गर्ने तरिका तथा पासपोर्ट सम्बन्धी सम्पुर्ण जानकारी यस वेबसाइटमा पाउन सकिन्छ।

www. meroreport.net
नागरिक पत्रकारितालाई बढवा दिने उद्देश्यले इक्वेल एक्सेसले यो साइको संचालन गरेको छ । यदि तपाई लेख वा ब्लग लेख्न रुचि राख्नुहुन्छ भने यो वेबसाइट मार्फत आफ्नो विचार ठूलो समूहसम्म पुर्‍याउन सक्नुहुन्छ ।










Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog