RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

गर्भवती महिला तथा किसानका लागि उपयोगी वेबसाइटहरू

गर्भवती महिला तथा आमाहरूको लागि


www.amakomaya.com
यस वेबसाईटमा गर्भवती महिलालाई चाहिने महत्वपुर्ण जानकारीहरु पाउन सकिन्छ। साथै आमाको माया एन्ड्रोएड मोबाईलमा “आमाको माया” एप मार्फत् पनि चलाउन सकिन्छ ।

यस वेबसाईट र एपमा गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको अवस्था, शरिरमा आउने परिवर्तन, आईपर्न सक्ने स्वास्थ्य समस्या, सल्लाह-सुझावहरु पठन, श्रव्य-दृश्य सामाग्रीहरूमा उपलब्ध छन् ।

www.pregnancy.com
अंग्रजी भाषामा रहेको यो साइटले गर्भावस्था, यस समयमा तपाईको शरीरमा हुने परिवर्तन,खानपान, ख्याल गर्नुपर्ने कुराहरू लगायतको बारेमा जानकारी दिन्छ ।

अंग्रेजी भाषामै रहेको यो साइटबाट बच्चाको लालनपालन र स्याहार सुसारको सम्बन्धमा ध्यान दिनुपर्ने बिषयहरू थाहा पाउन सकिन्छ । दैनिक तथा साप्ताहिक रूपमा नवजात शिशुमा हुने परिवर्तनको बारेमा पनि यो साइटले जानकारी दिन्छ । 

किसानका लागि उपयोगी वेबसाइटहरू
यस वेबसाइटमा कृषि, पशुपालन सम्बन्धि कृषकहरुकै जिज्ञासाहरूमा आधारित जानकारी मूलक पठन तथा श्रव्य-दृश्य सामग्रीहरू उपलब्ध छन् कृषि, पशुपालनका अलावा यस वेबसाइटमा मानव स्वास्थ्य, कानुन तथा न्याय र सुचना तथा प्रविधि सम्बन्धी जानकारी मूलक पठन तथा श्रव्य-दृश्य सामग्रीहरू राखिएको छ ।

कालीमाटी तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुलको बजारभाउको जानकारी यस वेबसाइटमा पाउन सकिन्छ ।

नेपालका प्रमुख तरकारी तथा फलफुल बजारका तरकारी तथा फलफुलको बजारभाउको बारेमा जानकारी यस वेबसाइट दिन्छ ।

देश भरीका कृषिसम्बन्धी सूचना , खबर र गतिविधि थाहा पाउन यो साइट उपयोगी छ ।

एन्ड्रोएड मोबाईलमा किसानहरुलाई उपयोगी एप्लिकेशनहरुः
स्मार्टकृषिः www.play.google.com/store/apps/details?id=com.sudip.smartkrishi
यस एपबाट किसानहरुले कृषि तथा पशुपालन सम्बन्धि विभिन्न जानकारी, बजारभाउ, एग्रो-भेटहरु, कृषि समाचार तथा जानकारी पाउन सक्छन्
आई एफ ए कृषिः
www.play.google.com/store/apps/details?id=com.itgamut.ictfa

यस एपबाट किसानहरुले विभिन्न बाली रोग, पशु रोग सम्बन्धि विभिन्न जानकारी, बजारभाउ, मलखद, तथा मौसमी जानकारी यस एप मार्फत प्राप्त गर्न सकिन्छ।
कृषि घरः
https://play.google.com/store/apps/details?id=com.krishighar
यस एपबाट किसानहरुले विभिन्न कृषि तथा पशुपालन सम्बन्धि विभिन्न जानकारी यस एप मार्फत प्राप्त गर्न सकिन्छ।



1 comment :

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog