RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

निःशुल्क साइवर सेवा


गर्दी सामुदायीक पुस्तकालयले पछिल्लो चरणमा सूचना तथा प्रविधि कक्ष थप गरेसंगै सम्पूर्णका निम्ति निःशुल्क साइवर सेवा उपलब्ध गराएको छ । यस सेवा अन्र्तगत सम्पूर्ण व्यक्तिले निःशुल्क रुपमा कम्प्युटर चलाउने, नेट फोनको प्रयोग गर्ने जस्ता सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यो सेवा पुस्तकालय खुलेको प्रत्येक दिन प्राप्त गर्न सकिनेछ । यद्यपी प्रयोगकर्ताले निम्नानुसारका नीति, नियम एवं सर्तहरु पालन गर्नुपर्नेछ ।

सूचना तथा प्रविधि कक्षका केही नीति, नियम एवं सर्तहरु

१. अनुमति लिएर मात्र कम्प्युटर कक्षमा प्रवेश गर्न एवं उपकरण प्रयोग गर्न पाइनेछ ।
२. अश्लिल वेवसाइट, अडियो, भिडियो हेर्ने, खोल्ने, डाउनलोड गर्ने जस्ता कार्य गर्न पाइनेछैन ।
३. विभिन्न सामाजिक संजालका वेवपेजहरु खोल्ने (जस्तै, फेसवुक, ट्विटर, माइ स्पेस, गुगल ह्यागंआउट तथा स्काइपी आदि) तथा च्याट गर्न पाइने छैन ।
४. ICT कक्षमा कुनै पनि खानेकुरा लिएर खाने, चुइगम चपाउने, पिउने तथा अनावश्यक फोहोर गर्न पाइनेछैन ।
५. अनावश्यक कुराकानी गर्ने, आवाज निकाल्ने तथा हल्ला गर्न पाइने छैन ।
६. कम्प्युटरको प्रयोग गर्दा कुनै पनि सेटिंग परिवर्तन गर्ने, वालपेपर तथा स्क्रीन सेभर आदि परिवर्तन गर्ने जस्ता कार्य गर्न पाइनेछैन ।
७. विना अनुमती कुनै पनि सप्mट्वेर इन्टल गर्न, हटाउन, परिमार्जन गर्न सख्त मनाही छ ।
८. कम्प्युटर कक्षमा प्रवेश गरिसकेपछि अनिवार्य नाम दर्ता गराउनु पर्नेछ ।
९. क्ष्ऋत् कक्ष भित्रकका कुनै पनि उपकरण प्रयोग गर्दा विशेष ध्यान दिनुपर्नेछ, लापरवाही तवरले, हानी पुग्ने गरी कुनै पनि उपकरण चलाउन पाइने छैन ।
१०. सम्बन्धीत शिक्षक, प्रशिक्षक एवं सहपाठीहरुबीच उचित सम्मान प्रदान गदै सुमधुर सम्बन्ध कायम गरी अघि बढ्नुपर्नेछ । खराब आचरण एवं नकरात्मक प्रवृत्ति प्रदर्शित गर्न पाइनेछैन ।
११. कम्प्युटर कक्ष आइतबार र सार्वजनिक विदाका दिन बन्द रहनेछ ।
१२. यदि यस कक्षको कुनै पनि सामाग्री प्रयोग गर्ने क्रममा टुटे फुटेमा प्रयोगकर्ता स्वयं जिम्मेवार रहनु पर्ने छ ।
१३. प्रयोगकर्ताको संख्या बढी भएको खण्डमा पालैपालो प्रयोग गर्नुपर्नेछ ।
१४. कम्प्युटर कक्षको सुरक्षा, हेरविचार एवं स्तरोन्नती गर्नु सबैको कर्तव्य रहनेछ ।
१५. आवश्यक अवस्थामा पुस्तकायलय व्यवस्थापन समिति र उपसमितिमा सर्वाधिकार निहित हुने छ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog