RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

कचहरि नाटक नागरिकता


नागरिकता चौथो  (कचहरि नाटक)

 मिति : २०७२।१।३ गते
स्थान : माडि न पा १ गर्दी
समय : ११ बजे
आयोजक : गर्दी सामुदायिक पुस्तकालय
सहयोगि सस्था : रिड नेपाल
दर्शक सख्या : ३५० लगभग महिला २०० जना पुरुष  १५० जना
कलाकारको  सख्या : २६ जना
नाटकको किसिम :  कचहरि नाटक –( बहु विबाह , महिला हिंसा संग सम्बन्धित )

 रिड नेपालको सहयोगमा गर्दी सामुदायिक पुस्तकालय मार्फत संचालित महिला सशक्तीकरण कार्यक्रमको नाट्य समुहद्धारा चौथो पटक माडि न पा १ गर्दीमा महिला हिंसा  संग सम्बिन्धीत  कचहरि नाटक प्रदर्शन गरियो ।उक्त नाटकअवलोकन गर्नका लागि नर्वे बाट हेलेन हेन्स र हिप्सन साथै नाट्य हलको उदघाटन समेत गर्नु भएको थियो ।उक्त कार्यक्रममा रिड नेपालबाट सन्जना श्रेष्ठ ,आषिस लामिछाने ,लाल बहादुुर भण्डारि आउनु भएको थियो ।

नाटक तिजको गितबाट सुरूवात भयको छ तिजको गित गाउदै कलाकारहरू प्रवेस गरेको दृश्य सुरूवातमै देख्न सकिन्थ्यो  त्यस पछि यकजना महिलाले धारामा पानि भदै गित गाउदै गरेकौे बेलामा सासु आएर गालि गर्न थाल्छ उसले आफु दोजिया भएको र काम गर्न गाह्रो भएको कुुरा बताउदा सासुले उल्टै पहिला पहिला हामिले त्यस्तो बेलामा जडंगलबाट घास दाउरा काटेर ल्याउथ्यौै तलाई यति काम गर्न पनि गाह्रो हुँन्छ खाने बेलामा त तलाई केहि गाह्र हुन्न ह्रै भन्दै छिटो छिटो काम गर भन्र्दै गालि गरेर जान्छे त्यतिकैकमा उसको श्रीमान रक्सी मातेर आउछन् रआफ्नो यौन प्यास मेटाउन खोज्दछ तर दोजिया श्रीमतीले गालि गदै उसको इछयालाई मान्दैनन् र श्रीमतिलाई अर्को विबाह गछु भनि धम्की लिदै जान्छन श्रीमति रूदै चित्त बुझाउनु बाहेक केहि गर्न सक्दीन । तिजको बेला भएकाले बुहारिको माइतबाट वुवाले छोरी लिन भनि आउनुभएको हुन्छ तर सम्धीनिले बाटैबाट छोरी दोजिया भएकाले टाढाको बाटो जान गाह्रो हुन्छ भनि  बाटैबट फरकाइदिनु हुन्छ उता बुहारिले माइत जान्छु भन्दा सासु आमाले तेरो माइतबाट कोहि लिन आका छन र जान्छेस् भनेर रूखो बचन लाउछिन् ।उता श्रीमानले अर्को विबाह गरेर अर्र्को कोठामा राखेको हुन्छ त्यहा जादा पनि उसले अब मलाइ कति दिन सम्म राख्ने हो अब मलाइ हजुरले घर लैजानुस् भनेर भन्छे  ल जाउ न त भन्न के लागेको हुन्छ श्रीमानले फेरि उसले पहिले विबाह दर्ता गरेर मात्र जाने निर्णय गर्छे उसको कुरानुसार विबाह दर्ता गरेर जग्गा पास गरिदिन्छ उता  घरमा जेठि श्रीमति र आमा लाई थाहा नै हुदैन  छलकपट गरि  कान्छी श्रीमति को नाममा जग्जा पास गर्ने बेलामा गाउकै छिमेकिले देख्छ र उसले जेठिकै नामामा होला भन् ठान्दछ तर मालपोतबाट घर जा्दै गर्दाृ उसले जेठि लाई बाटोमै देख्दा अचम्ममा परि बोलाउदै भन्छ ओहो कति चाडो मालपोतबाट जग्गा पास गरि घास काट्न आउनु भएको ?  ेत्यो कुरा सुनेर ऊ छक्क परेर त्यसो भन्दा छिमेकिलाई पनि अचम्म लाग्छ र दाइले त भाउजको नाममा जग्जा पास गर्नका लागि आको भन्दै हुनुहुन्थ्यो खै के क् हो तपाईहरूको भन्दै आफ्नो बाटो लाग्छिन तर यता जेठि श्रीमतिको मनमा चिसो पस्न थाल्छ मालपोत तिर्न भनेर गाको फेरि कसको नाउमा जग्जा पास गर्नु भयो होला त कि बेच्नु भयो  जडियाले भन्दै नानाथरि कुराहरू खेल्न थाले कति बेला बुढा आउला र सोधुला भनि परखेर बसे आधा रात भइसकेको थियो तर बुढो आयनन् आदि रातसम्म बति बालेर बसेको भनेर सासुले यता गालि गर्न थालिन ।तर बुढा आयनन् ।रातभरि निद्र्रा नै लागेन विहान उठ्ने वितिकैअघिल्लो दिनमा भेटेको छिमेकि लाई भेट्न गइन र मालपोत कार्यलय सम्म गइ बुझिदिनका लागि अनुरोध गरिन र दुबैजना उतैतिर गए मालपोतमा गई बुझ्दा जग्जा त अरू कसैको नाउमा पास गरि सकेको थाहा हुुन्छ मालपोतमा  सोधपुछ गर्दा उसले मेरो श्रीमति हो भनि पास गरेको रहेछ   । अब उसलाइ कति बेला बुढालाई भेटेर यो कुरा भनु झै लाग्छ र घरमा गईसोध्दा हो मेरो त्यो पनि बुढि हो तैले के गछस् मेरो आबश्यकता तैले पुरा गरिनस केरे अब त तेसैलाइ ल्याउछु के गछस् बरू  यो घरबाट निस्केर जा भँन् न थाल्छन् उसले खुटा समातेर त्यसो नगर्न विन्ती गर्छे तर  श्रीमान मान्दैनन् घरमा पानि नतचल्ने जातकि बुहारि भएकाले आफ्नो घरमा कोहि नआयको गुनासो बेला बेलामा छोरालाइ बताउदै गरेकाले छोरालाइ अको ल्याउनमा कुनैआपति परेन नभन्दै उसले अर्केो डेरामा राखेको लाई  घरै लिएर आएआमाले पनि पहिला जातनै सोध्न थाले  पानि चल्ने जातको हो भ्ने पछि हतनपत भित्राउन भनि लाग्दा जेठि बुढि आउछिन उसले  भित्राउन नदिने भनि रोक्न थाल्छीन तर कान्छी स्वास्नीले आफुसंग विबाह दर्ता आधा गग्गा पनि नाउमा छ त संग के छ प्रमाण  भनि जवाफ फरकाउछे  सबैजना मिलेर उसलाई घरबाट निकाल्न खोज्दछन त्यहि बेलामा न्यारेक्टरले नाटकलाई रोक्दछन र उक्त समस्या जुनसुकै ठाउमा हुन सक्छ यसको समाधान के हुन सक्छ भनि  दर्शकहरूलाई प्रश्न गछनन् नदर्शकबाट आएको सुझाब अनुसार नाटकलाई कलाकारहरूले अगाडि बढाउछन् दर्शकहरूले जेठि बुहारिलाई पारालिगल मा उजुरि गर्न का लागि सुझाब दिन्छन तर त्यतिले समस्या समाधान हुदैन न्यारेक्टरले  पुःन  समस्या समाधानका लागि सुझाबका लागि दर्शकहरूलाई अनुरोध गदछन् र दर्शकले पुलिस चौकिमा उजुरि गर्नका लागि सुझाब दिन्छन र जेठि बुहारिले प्रहरि चौकिमा बहुविबाहको मुद्दा गरि उसले पाउजनु पर्ने न्याय पाउदछिन नाटक सकिन्छ ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog