बोक्सी सडक नाटक
मिति : २०७१।८।२३ गतेस्थान : बसन्तपुर बजार
कलाकारहरूको सख्या : १९जना
कार्यक्रमको नाम : महिला सशक्तिरकरण कार्यक्रम
आयोजक : गर्दी सामुदायिक पुस्तकालय गर्दी ८ बरmवा
दर्शकहरmको सख्या : ५५० भदा बढि रहेको थियो ।
नाटकमा छोराको भुमिका निवाह गदै विष्णु बल लिएर खेल्दै निस्कन्छन् । बल खेल्दै गर्दा छोरालाई बोलाउदै आमा आउनुहुन्छ ।छोरालाइ माटोमा खेल्दै गरेको देखेपछि कपडाझारदै जाउ हिड खाजा खान भन्दा यहि ल्याइ दिनु भनेर जिद्दि गर्छ छोरो जान नमानेपछि आमाले खाजा त्यहि ल्याएर दिनुहुन्छ । माटोमा खेल्दै खादै गरेको बेलामा गाउकी एउटी एकल महिला आइपुग्छीन र सम्झाउन थाल्छीन ,आमा खोइ त भनि सोध्दा घर तिर देखाउछ उक्त महिलाले उसको आमालाइ बोलाछिन् अनि बच्चातिर देखाउदै हेनुस त तपाईको बच्चा यस्तो धुलोमा खेल्दै खादै गरेको छ ।हेरविचार गनुस है रोग लाग्न सक्छ भने पछि आमाले सुन्यौ यस्तो धुलोमा खेल्नु हुदैन रे ल हिड भनेर लतारदै घरतिर लैजान्छ । भोलि पल्ट छोराकोे पेट दुख्न थाल्छ आमाले आतिदै ए कालेका बा आउनुुस त छोरालाइ के भो लौ न झाक्रि बा कहा लैजान परयो भनेर बाउ पनि आतिदै हो त अस्ती मेरो पनि टाउको दुख्दा त्यहि फुकाउदा सन्चो भाको थियो ल ल जाउ भन्दै छोरालाइ बोकेर झाक्रि कहाँ लियर जान्छन् । छोरालाई लियर जादा बाटोमा एउटि छिमेकिले आप्नो बच्चा रोयर हैरान पारेको थियो झाक्रि कहा लगेर फुकाए अहिले नै छाड्यो ल हेनुस् त भन्दै आप्नो बच्चालाइ देखाउछे ।त्यति भने पछि झन छिटो छिटो लैजा न्छन्। झाक्रिले पनि फुकफाक पारेर अघिल्लो दिनमा छोरालाई सम्झाउने एकल महिला भएकै घरतिर को दिसा देखाउदै बोक्सि लागेको छ भोलि १२ बजे रातो ,भाले, धुप ,अक्षता र पैसा लियर आउनु होला म त्यो डङिकनि लाई ठिक पारिदिन्छु भनि विरामिलाई फुकफाक पारेर पठाईदिँन्छ । आमाले छोरालाई अहिले कस्तो छ भनि सोध्दा दुखिरहेकै छ भन्छ । ल ल ठिक हुन्छ भन्दै घरतिर लैजान्छन् घरमा पुगेर हिजो मेरो छोरालाई धुलोमा खेल्नु हुदैैन भनेर खुबै अर्ति उपदेस लिदै थिई त्यहि बोक्सी लगाउनलाई पो रहेछ त्यति भन्न नपाउदै उसकै घरको बाटो हुदै महिला आइपुग्छीन् र सोध्छीन के को गन्थन हो तपाईहरूको भन्न नपाउदै नै के को गन्थन मन्थन हो भन्ेरसोध्न लाज छैन अब छोरो मर्यो कि बाच्यो भनेर हेर्न आएकि होला है हिजो बोक्सी लगाइ आज हेन आइ भनेको सुन्दा अचम्म पर्दै घरतिर लाग्छिन् ।भोलि पल्ट पानि लिन भनेर धारामा जादाँ धारामा पनि पानि थाप्न नदिई उसको गाग्री फाल्दीन्छन् र आफ्नो गाग्रीमा पानि भर्छन् नानाथरिका गालि गर्छन् । बाटोमा फेरि घासको भारि लियर आउदै गरेका २ जना महिलाहरूलाई भेट्छीन् उनिहरूले पनि के भो किन रोएकि ए कसलाई खान पाइनस र आज रून थालेकि फेरि हाम्रो घासमा पनि बोक्सी लगाईदेलिस नि बाख्राले घासै नखालान् नि भनेर गालि गर्छन् । उता धुलोमा खेलेर विरामि परेको थाहा छैन विरामिको अवस्था झन निद्धोष एकल महिला लाई कुटपिट गर्न जाने मार्ने कुरा गर्छन् । यतिकैमा छोरालाई फेरि पेट दुखेर छट्पटाउदै आउछ आमा आमा भनेर बोलाउछ आमा र वुवा दुबै आउँछन् पेटको दुखाइ खप्न नसकि छटपटाई रहेको हुन्छ आमाले आतिदै वरिपरि गहार माग्दै झाक्रि बा लाई बोलाएर ल्याइदिन आग्रह गर्छे झाक्रि बा आउने बेला सम्म छा्ेराको छटपटाई छटपटाई आमा वुवाको काखमै छोराको मृत्यृ हुन्छ ।अनि झाक्रि पनि आउछन् । विरामिको नाडि छाम्दा विरामिको मृत्यृ भइसकेको कुरा भनिदिन्छन् । तपाईहरूलाई आज १२ बजे रातो भाले धुप पैसा अक्षता लिएर आउनु भनेको थिए आउनु भएन त्यो बोक्सीले खाई तपाइको छोरालाई भनेर झाक्रिले भनेर जान्छ । छोराको मुत्यृमा सोकाकुल भयर रून्छन ।अब छोरा मर्यो भनेर कति रूनु हुन्छ अब त्यो बोक्सीलाई मार्नु पर्छ ल जाउ भनेर एकल महिलाको घरतिर लाग्छन् उनलाई घरमा काम गदै गरेको अबस्थामा देख्छन् । उनलाई देख्नासाथ नानाथरि गालि गदै कुटपिट गर्न थाल्छन् उनि लौ न गुहार गुहार भन्दै चिच्याउछिन छिमेकमा बस्नेले कोहि छुट्याउनतिर लाग्छन् त कोहिले पुलिसलाई खवर गरिदिन्छन् ।कुछपिट गरेको अबस्थामा पुलिसले भेटेपछि उनिहरूलाई सोधपुुछ गर्छन् सोधपुछ गर्दा उनिहरूले उक्त महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेको बताउछन र पुलिसले आजको २१ औ शताब्दीमा पनि तपाईहरू यस्तो कुरा गर्न लाज लाग्दैन् बोक्सी हुने भए हामि पुलिसहरूको के काम हँ सिमाना सिमानामा बोक्सीहरूलाई नै राखिदिए भैहाल्यो नि दुश्मनहरूलाई तिनैले मारिहाल्थे देशको सुरक्षा त्यसै भइहाल्थो नि होइन ? भनि गालि गदै पिट्ने जतिलाई सजायको लागि पुलिसले लैजान्छन् । दर्शकहरू तालि पिट्न थाल्छन् नाटक सकिन्छ ।
नाटक हेरेर दर्शकहरूले पाएको सन्देश
- आजको २१औ सताब्दीमा आएर पनि रूढिवादि परम्परालाई विश्वास गरेर बोक्सीको आरोपमा कुटपिट गर्नु हुदैन् ।
- बास्तबमा भन्नुपर्दा नाटकमा बोक्सी कै विश्वास गरेर झारफुक गराउने गर्दा नै बालको मुत्र्यृ भएको हो तसथ रूढिवादि परम्पराको अन्त्य आफैबाट गर्नु पर्छ । भन्नुहुन्छ बसन्तपुर निवासि सविता बराल ।
- झारफुक गर्नु भनेको एउटा विश्वास मात्र हो लागेको रोग सन्चो हुने होइन बरू फुकफाक गरे पछि मलाइ अब सन्चो हुन्छ भन्ने आत्मबल बढाउन लाई सहयोग गर्नु हो ।
Post a Comment