मिति : २०७१।०९।२८ गते
समय : २ः३० बजे
स्थान : माडि नगरपालिका बरुवा ३
कार्यक्रम : महिला सशतिmकरण कार्यक्रम
सहयोगि सस्था : रिड नेपाल
आयोजक : गर्दी सामुदायिक पुस्तकालय
दर्शेक सख्या ३०० महिला : २५० जना, पुरmष ः ५० जना
कलाकारहरmको सख्या : १९ जना
रिड नेपालको सहयोगमा गर्दी सामुदायिक पुस्तकालय मार्फत सचालित महिला सशतिकरण कार्यक्रमको नाट्य समुहद्धारा तेसा्रे पटक गर्दी सामुदायिक पुूुस्तकालयमा स्थापित सहनशिला महिला बचत तथा ऋण सहकारि सस्थाको १२ औ साधारण सभा तथा चौथो अधिवेसनको अबसरमा “बचत”भन्ने शिर्षकमा सडक नाटक प्रदर्शन गरियो ।उतm कार्यक्रममा प्रमुख अतिथिको आसनग्रहण देबेन्द्र पौडेल,सभापति गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमल्सीनाले गर्नु भएको थियो त्यसैगरि अतिथिको आसन ग्रहण रिड नेपालबाट आसिष लामिछाने ज्युले गर्नु भएको थियो ।मन्तव्यको क्रममा आसिष लामिछानेले साधारण सभाको अबसरमा देखाउन गइरहेको नाटकको बारेमा बताउदै यस नाटकको प्रदर्शन पश्चात दर्शकहरmमा बचत गर्ने बानिको विकास हुनेछ भन्ने गहन विचार व्यतm गर्नु भयको थियो ।

नाटकको सुरmवात एउटा घरको सिनबाट सुरmवात हुन्छ घर अगाडि काठ राख्दै ए बुढि बन्चरो ल्याउ त भन्दै बोलाउछन् बुढिले पनि बन्चरो लियर आउछे ।श्रीमान दाउरा चिर्न थाल्छ दाउरा चिर्न के लागेको हुन्छ उसका साथिहरm आउछन् अनी ओहो के हो यस्तो विहानै यस्तो जाडोमा दाउरा चिरेको गाँउ तिर हिड भन्छन् तर उसले के गर्ने त यस्तो जाडोमा खाएर ज्यान तताउ भनेको सुक्को पैसो छैन के गर्ने यही दाउर चिरेर ज्यान तताउन लागेको हो । अनी त कता तिर हिडीस् त ? कता हुनु नी गाउँ तिर हिड् जउ बरु भन्दै गाउँ तिर जान भनेर के लागेको हुन्छ छोराछोरीले पैसा माग्न थाल्छन् । बाउले म सँग पैसा छैन भनि तेरी आमा सँग माग भनि हकार्दै आपूm गाँउ तिर जान्छन् । अनी छोराछोरीले फेरी आमा सँग पैसा माग्न थाल्छन् । आमाले पनि बचत गर्न राखेको पैसा उनीहरुलाई दिएर पठाउछिन् । आफू रित्तो हात लिएर बचत गर्ने ठाउँमा पुग्छिन् । साथीहरुलाई बचत तिर्नका लागि सपट पैसा मागेर मेलामा गएर कमाएपछी तिरौला भनि सापट मागेर बचत गर्छे । आफू मेलामा जान्छे ।

आफु मेलामा गई बेलुका खान पकाएर श्रिमानलाई कति बेला आउछ भनि कुर्दा कुर्दा सुतेपछि श्रिमान निक्कै बेर पछि रक्सि खाएर आउछ । भोली पल्ट दाउरा काट्न भनी दुई जना साथी मिलेर जान्छन् । दाउर चिर्दा चिर्दै रात पर्छ । र भोली पल्ट पुन दाउर चिर्न भनि के लागेको हुन्छन् गाँउबाट महिलाहरु बचत गर्नका लागि श्रिमतीलाई बोलाउन आउछन् । तर श्रिमानले उत्त महिलाहरुलाई गाली गर्दै के का बचत गर्ने हो सबै महिलाहरु एक ठाँउमा जम्मा भएर कुरा काट्ने त हो नी, घरमा एक पैसो छैन बचत गर्ने कुरा गर्छन । बचत गर्न मात्र त जाँ, तेरो खुट्टा भाँचिदिउला भनि गाली गरेर आफू दाउरा चिर्न जान्छन् । दउारा चिर्दा काठले च्यापेर खुट्ट नै भाचिन्छ । अस्पताल लैजान्छन् । अस्पतालमा खुट्टाको अप्रेसन गर्नुपर्ने देखिन्छ ।डक्टरले तुरmन्त अप्रेसनका लागि ३० हजार रmपैया जम्मा गर्न आग्रह भए पछि श्रीमति आतिदै गाउमा ,आउछ्रे ऊ बेलामा बचत गर्नका लागि जाउ र्भनि महिलाहरmले बोलाउन आउदा उनिहरmलाई नै गालि गदै बचत गर्न जानु पदैन भनि गालि गरेको सम्झन्छे तै पनि लुकि छलि बचत गरेकि छु त्यो कुरा त समुहका दिदिबैनिहरmलाई थाहा नै छ नि भनि सोचिरहेकी हुन्छे । त्यतिकैमा समूहको अध्यक्षलाई भेटेर यस महिनामा उठेको पैसा आपूmलाई ऋण दिनु भनी जानकारी गराउछे । अनी उता समूहमा सबै उपस्थित भईसकेकाह हुन्छन् । बचत उठाउनका लागि तर अध्यक्ष भने समूहमा पुगेका हुदैनन् । सबैलाई छिटो आउनु भनि खबर गर्ने तर आपैm ढिलो आउने किन होला भनि प्रश्न गर्दै अध्यक्षले पनि समुहकी साइलिको श्रिमानको खुट्टे भाचिएको कुरा बताउदै आज उठेको बचत उसैले ऋण खाने भनि खबर गर्न आएकीले आपूm ढिलो आएको कुरा समूहमा बताउछे । अनी अरु सदस्यहरुले आपूmलाई पनि पैसा चाहिएको कुरा बतउछन् । साइलीलाई पुग्ने पैसा छुट्यएर अरुलाई बाडफाडँ गर्छन । र अध्यक्षले हेर साथीहरु साइलीले लुकीछपी मेलामा गइगइ कमाएको पैसा यही समूहमा बचत गरेकी छ अहीले उसले मागेको पैसा उसैलाई दिउ, विचरा आपद् विपद् पर्दा त हो नी छिमेकी ले सहयोग गर्ने । भनी बताउदै समूहबाट ऋण तिस हजार रुपैया साइलीलाई उसको श्रिमानको उपचार गराउनका लागि दिन्छन् । उत श्रिमानले यतिका पैसा कहाँबाट लिएर आयौ त भनी सोध्छ, के गर्ने उ बेलामा तपाईले बचत गर्न नजाउ भनी छिमेकी दिदी बहिनीहरुलाई नाना थरी गाली गरेर पठाउनु भएको थियो । तर, मैले उनीहरुकै मेलामा गई कमाएको पैसा ले तपाईलाई जानकारी नै नगराइकन लुकीछिपी बचत गरेकी थिए । त्यही समूहबाट आज तपाईकोे उपचारको लगि ऋण दिएका छन् भनेर सुनाउछे । र, घरमा गएपछी उहाहरुसँग माफी मग्छु भन्ने बाचा सहित घर फर्किन्छन् । र, घरमा आइसकेपछि उपचारका लगि समूहका दिदिबहिनीहरुले गरेको सहयोग प्रति धन्यवाद दिदै माफी माग्छन् र आगामी दिनहरुमा आफुले कमाएको पैसा पनि समूहमा बचत गर्ने कुरा बताउदै नाटक समाप्त हुन्छ ।
नाटक देखाउनुको उद्देश्य
बचत गर्ने बानिको विकास गराउने
फजुल खर्च कम गर्ने
सहनशिला महिला बचत तथा ऋण सहकारी संस्थामा बचत सदस्य बढाउने
समूहबाट सर्वसुलभ व्याजमा ऋण लिन सकिने
मूल्यकंन
समूहमा बसेर बचत गर्ने बानिको विकास गर्नुका साथै भविष्यमा आपद् विपद् पर्दा सहोग पुग्ने
उपलब्धी
समूहका सदस्यहरुलई बचत गर्ने बानीको विकास गर्ने
सहकारीमा बचत सदस्य बढाउने
Post a Comment