RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

चित्रकला प्रतियोगिता कार्यक्रम सञ्चालन


मिति २०७१।५।१५ गते सातौ पुस्तकालयको अवसरमा गर्दी सामुदायिक पुस्तकालयको आयोजनामा  गर्दी गा.वि.स मा रहेको ११ वटा विद्यालयवाट प्रत्येका विद्यालयको  २ जना सहभागिको सहभागिता गराई विद्यार्थी मा रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनको लागि चित्रकला प्रतियोगिता कार्यक्रम सञ्चालन गरियो । चित्रकला प्रतियोगितामा छात्रा, ६ जना र छात्र, १६ जना गरि जम्मा २२ जनाको सहभागिता रहेको थियो । 

प्रतियोगितामा  डाँफे र मयुरको चित्र बनाउन दिइएको थियो उक्त प्रतियोगितामा श्री रा.प्रा.वि गर्दी का उज्वल महतो प्रथम भएका थिए, श्री सोमेश्वर उ.मा.वि का समिर महतो र श्री विद्याज्योति इंलिस स्कुलकी क्षीतिजा महतो २ जनाको प्रतिस्प्रधा लाइ हेरेर दुवैजनाले  द्धितिय स्थान हासिल गरेका थिए भने श्री रा.प्रा.वि जिवनपुरको विलास थापामगर तृतिय स्थान हासिल गर्न सफल भएका थिए । प्रतियोगितामा प्रथम ,द्धितिय र तृतिय हुनेलाइ विशिष्टि पुरस्कार र अन्य सहभागिहरुलाई सामान्य पुरस्कार अनि प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा मुल्यांकन गर्नको लागि सोमेश्वर उ.मा.वि का शिक्षक श्री चन्द्रमणि महतो , पुस्तकालय मुल्यांकन समितका सदस्य श्री गंगा भुसाल र विद्या ज्योति स्कुलका शिक्षक श्री सोमराज तिमिल्सिना रहनु भएके थियो ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog