सफलताको कथा । खुशि छिन भागिरथि
गर्दि २ चिरौलीमा वसोवास गर्नुहुन्छ । उहाँ अहिले ३५ वर्षको हुनु भयो उहाँको घरमा श्रीमान छोराछोरी बाआमा गरि जम्मा ६ जनाको परिवार हुनुहुन्छ ।उहाँ एक कुशल गृहिर्णि हुनुहुन्छ ।पेशामाको नाममा उहाँ कृषी पेशामा नै आबद्ध हुनुहुन्छ । कृषिपेशा वाट नै आप्नो घर चलाउदै आउनु भएको छ ।
च्याउ खेतिको तालिम दिने समयमा उहाँपनि च्याउ कसरी गर्ने भन्ने विषयमा जिज्ञाशु भई तालिममा सहभागि हुनुभयो ।ेसामुदायिक पुस्तकालयवाट संचालित महिला सशतिmकरण कार्यक्रम अन्तरगत च्याउ खेतिको २ दिने तालिममा सहभागि भएपछि उहाँलाई च्याउ लगाउने समय , च्याउको जात , च्याउको लागि आवस्यक पर्ने उचित स्थान , तापक्रम को वारेमा जानकारी भएपछि उहाँले च्याउ लगाउनु भयो । जसमा सुरुमा त उहाँको च्याउमा रोग लागेको थियो यस समस्यालाई उहाले गर्दि सामुदायिक पुस्तकालयमा वताउनु भयो र तत्काल रुपमा सवै समस्या भएका सहभागिलाई वोलाएर १दिने अन्तरक्रि कार्यक्रम संचालन गरियो ।
त्यस पछि विज्ञले भने वमोजिम रोगको उपचार गरेपछि उहाँको च्याउ उत्पादन हुन थाल्यो । सुरुमा २०० सयको च्याउको विउ लगाउनु भएको उहाँले अहिले ८ किलो च्याउ उत्पादन गर्न सफल हुनुभएको छ । अहिले उहाँ यसो भन्नुहुन्छ.(यस गर्दी सामुदायिक पुस्तकालयले च्याउको तालिम दिएर अहिले मैले च्याउ उत्पादन गर्न सफल भए , मैले २ किलो च्याउ घरमै खाएर पनि ६ किलो च्याउ बेचेर रु १२०० कमाउन सफल भए म यस पुस्तकालयलाइ यस्तो राम्रो आयआर्जन र महिला लाई अगाडि वढाउने किसिमको कार्यक्रम संचालन गरेकोमा म अत्यन्तै खुसि छु र सिपुमुलक तालिम दिएको मा पुस्तकालयलाइ धन्यवाद दिन चाहान्छु र आगामि दिनहरुमा पनि यस्तै आयआर्जन हुने तालिम संचालन गरोस भन्न चाहन्छु । )
Post a Comment