RECENT NEWS

Events & Notice

ICT Update

Other Updates

खुशि छन शालिग्राम न्यौपाने


नाम : शालिग्राम न्यौपाने 

ठेगना : माडीनगर पालिका वडा. १ 
उमेर : ४९
पारिवारिक संख्या : ७ जना 
पेशा : कृषि 
तरकारी व्यवसायमा लागेको समय : १५ बर्ष


शालिग्राम न्यौपाने माडी नगरपालिका वडा न. १ मा बसोबास गर्नुहुन्छ । उहाँ अहिले ४९ बर्षको हुनुभयो उहाँको परिवार जम्मा ७ जनाको हुनुहुन्छ । उहाँ एक मेहेनती कृषक हुनुहुन्छ विगत १५ वर्षदेखि तरकारी पेशामा लाग्नु भएको उहाँले यस पेशामा विभिन्न समस्या र चुनौतीको समाना गर्दै धेरै नै प्रगती गर्नु भएको छ । तरकारीमा उहाँले काउली वन्दा, आलु टमाटर खुर्सानी  भेन्टा लगाउदै आउनु भएको छ । अनुभव प्रसस्त मात्रामा भएता पनि कुन रोग लाग्दा कुन औषधि हाल्ने र कस्ता जातको तरकारी लगाउदा आफुलाई फाइदा हुन्छ र मनग्य मात्रामा उत्पादन बढाउन सकिन्छ भन्ने विषयमा भने उहालाई ज्ञानको खाँचो परेको बेलामा यस गर्दी सामुदायिक पुस्तकालय बाट सञ्चालित आलु काउली सम्वन्धि अन्तरक्रियामा सहभागि भएपछि उहाले १२ कठ्ठामा काउली खेती लगाउनु भएको थियो तर उक्त काउलीमा रोग देखा परेपछि उहाँले पुस्तकालयमा सम्र्पक गरेर  काउलीको डाठ कुहिने रोग लागेको छ के गर्ने होला भनि सोध्नु भयो । त्यसपछि तत्काल रुपमा उहाँको बारीमा गएर हेरि कृषि कार्यलयका विज्ञलाई सम्र्पक गरि काउली बारीमा नै उहाँहरु आएर उक्त रोगको लक्षण, लाग्ने तरिका र उपचारको बारेमा बताइदिनु भयो र तत्काल रुपमा उक्त रोगको लागि आषौधि छरेपछि काउलीमा लागेको रोग किराको व्यवस्थापन भयो । शालिग्राम न्यौपाने ज्यूले पुस्तकालयमा आएर कृषक र प्रबिधि सम्वन्धि आएको पुस्तकहरु नियमित अध्ययन गरिरहनु हुन्छ जसले गर्दा उहाँलाई तरकारी व्यवसाय गर्न सहज भएको छ । उहाँ भन्नु हुन्छ – पहिला मलाइ पुस्तकालय भनेको पुस्तक पढ्ने ठाउँ होला भन्ने लाग्थ्यो तर मेरो बुझाइ गलत रहेछ पुस्तकालयमा त हामि कृषकहरुको लागि भनेर विभिन्न तालिमहरु आउने आपूmलाइ परेको समस्याहरु राख्न पाइने र आफूलाई चाहेको कृषि सम्वन्धि पुस्तक हेरि आप्नो व्यवसाय लाई अगाडी बढाउन सकिने रहेछ म दंग परेको छु ।

उहाँले मल, विउ, औषधि र जोताइ गरेर १२ कठ्मा काउली खेति गर्दा जम्मा ३५००० हजार लगानी भएको र यस बाट उहाँलाइ अहिले सम्म ७०००० हजार आम्दानि भैसकेको साथै अझै रु ८०००० रुपौया आम्दानि हुने कुरा उहाँ बताउन हुन्छ । जम्मा लगानी कटाएर उहाँलाइ ८५ दिनमा ११५००० रुपौया आम्दानि गर्न सफल हुनुभएको छ । यस पेशामा उहाँ लगायत उहाँको श्रीमति र बुहारीले समेत उहाँलाई साथ दिनुभएके कुरा उहाँ बताउनु हुन्छ । शालिग्राम न्यौपाने को मेहेनत र परिश्रम देखेर कृषि कार्यालयले पनि २०१३ मा रु १०००० रुपौया उहाँलाइ अनुदान स्वरुप लहरेतरकारी बालीको लागि दिएको थियो । पुस्तकालयबाट सञ्चालित प्राविधिक ज्ञान सेवा कार्यक्रले सञ्चालन गरेको हरेक कृषि कार्यक्रममा उहा नियमित सहभागि हुने र जिज्ञाशु  कृषक हुनुहुन्छ । उहाँ भन्नहुन्छ, तरकारी खेतिको लागि नियमित तापक्रमको ठुलो भुमिका हुने भएको हुदा  यस पुस्तकालयले मौसम सम्वन्धि जानकारी दिने काम पनि सुरु गरेका ले मलाई नियमित तापक्रमको बारेमा एउटा डाटा बनाएर राखिदिए अझै मैले तरकारी खेति राम्रो सँग गर्न सक्ने थिए र पुस्तकालय प्रति आभारी हुनेथिए । उहाँले भन्नुहुन्छ पैसा कमाउन लाई विदेश होइन यहि गर्दा पनि हुन्छ मेहेनत गरेमा सुन फलाएन सकिन्छ  । पहिला पहिला तरकारी खेति गर्दा ज्ञानको कमिले  विभिन्न समस्याहरु आउथ्यो जसले गर्दा कहिले काहि घाटा व्यर्होन पर्थ्यो तर अहिले सानो समस्या आएपनि पुस्तकालयमा आएको कृषि र प्रविधि पुस्तक पढेर समाधान गर्ने र यस बाट समाधान नभए विज्ञको साहारा लिने गरेको छु ।  म सफल हुनुमा कृषि केन्द्रको मात्रा होइन पुस्तकालयको पनि ठुलो हात रहेका छ जसले गर्दा म यस पुस्तकालय लाई धेरै नै धन्यवाद दिन चाहान्छु र आगामी दिनहरुमा पनि कृषि क्षेत्रमा विभिन्न तालिमहरु सञ्चालन गरियोस भन्न चाहान्छु ।

Post a Comment

 
Copyright © 2015 Gardi Community Library & Resource Centre
Run By ICT Section of Gardi Library. Design by Fine Creation. Hosted by Google Blog